मुस्लिम र थारुलाई मधेशी सूचीबाट हटाइयो
काठमाडाैं | पुस १, २०७९
काठमाडौं: मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सरोकारवाला संवैधानिक आयोगहरुले नै हामी मधेशी होइनौं भनेपछि आफूहरुले सूचीबाट हटाएको जानकारी दिए ।
मधेशी आयोगद्वारा गरिएको ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण–२०७८’को उपसमूह–१ मा थारु र २ मा मुस्लिमलाई राखिएको थियो । सोही आधारमा मधेशी आयोगले मुस्लिम र थारु समुदायलाई पनि मधेशीको रुपमा परिभाषित गर्न सरकारलाई सिफारिस गरेको थियो ।
आयोगले ३१ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको चौथो वार्षिक प्रतिवेदनमा थारु र मुस्लिमसहित १४९ जातिलाई मधेशीमा परिभाषित गर्न सिफारिस गरेको सार्वजनिक भएपछि थारु र मुस्लिम समुदायको तर्फबाट विरोध भएको थियो । थारु र मुस्लिम आयोगले नै मधेशीको सूचीबाट हटाउन मधेशी आयोगमा निवेदन दिएका थिए ।
मधेशी आयोगकी उपसचिव सबिता डंगोलले थारु र मुस्लिमको विरोधपछि मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको जानकारी दिएकी छन् । सो निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको उनले जानकारी दिइन् ।
थारु र मुस्लिम आयोगका अध्यक्ष सहितका पदाधिकारीहरुले सार्वजनिक रुपमा थारु र मुस्लिम समुदायको अलग्गै पहिचान र सभ्यता रहेको तथा सो मधेशी समुदायसँग मेल नखाने भएकाले मधेशीको सूचीमा राख्नु गलत भएको भन्दै विज्ञप्ति जारी गरेका थिए । थारु र मुस्लिम आयोगसँगै थारु साहित्य समाज, थारु कल्याणकारिणी सभा लगायतले मधेशी आयोगमा थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाउन मधेशी आयोगमा निवेदन दिएका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

